थप समाचारबिहीबार, पौष १२, २०६९

बिन्दुलाई हत्यापछि जलाइएको हुनसक्ने

हिमालखबर

बारा प्रस्टोका–५ का रामा ठाकुरकी छोरी बिन्दुको शव ११ पुस बिहान जलेको अवस्थामा घरभन्दा करीब सय मिटर दक्षिण बाँसको झ्याङमा जलेको अवस्थामा फेला परेको थियो । “शवको प्रकृति हेर्दा हत्यापछि जलाएर फालिएको हुनसक्ने प्रारम्भिक अनुमान छ,” जिल्ला प्रहरी कार्यालाय बाराका डिएसपी दिपककुमार अधिकारीले हिमालखबरसँग भने, “पिडौंलादेखि तलतिरको भाग केही पनि भएको छैन, पहिचान खुल्ने माथिल्लो भागमात्रै जलाइएको छ ।” विस्तृत विवरण पोष्टमार्टम रिपोर्टबाट थाहा हुने भन्दै उनले थपे, “शव हेर्दा अन्यत्रै हत्या गरेर जलाइएपछि त्यहाँ फालिएको जस्तो छ ।” उनले शरीरमा आगो लागेपछि हुने ‘स्ट्रगल’ को केही सबुत पनि नपाइएको बताए ।

५ बजे बिहान ट्युसन पढ्न जाने गरेकी छोरी शौचबाट फर्केपछि फेरि घरबाट निक्लेको बाबु रामा ठाकुरले बताएका छन् । तर, छोरीले सधैं लगाउने गरेको चप्पल घरमै देखेपछि कता गइछन् भन्ने लागेको, एकैछिनपछि गाउँलेहरुले शव देखेर हल्लाखल्ला गरेपछि छोरीको विभत्स हत्या भएको थाहा भएको उनले बताएका छन् ।

अहिलेसम्मको अनुसन्धान अनुसार सम्पूर्ण घटना एक घण्टाभित्रै भएको प्रहरीले जनाएको छ । “हामीहरु अनुसन्धानमै छौं, अहिले केही भन्न सकिने अवस्था छैन,” डिएसपी अधिकारीले भने । प्रहरीले हिजै मृतकका बाबुलाई केहीबेर नियन्त्रणमा लिई सोधपुछपछि छोडेको थियो ।

राजधानीमा प्रदर्शन

बर्दियाकी शिवा हासमीलाई जलाएर हत्या गरिएको केही दिनमै बारामा अर्की किशोरीको हत्या हुनुले महिला हिंसा बढ्दै गएको र राज्य यसप्रति सम्बेदनशील हुन नसकेको भन्दै आज राजधानीमा प्रदर्शन भएको छ । जिउँदै जलाउने, वैदेशिक रोजगारबाट फर्किएका महिलालाई सरकारी कर्मचारीबाटै बलात्कार लगायत घटनामा सरकारले दोषीलाई कारबाही गर्न चासो नदेखाएको भन्दै धर्ना तथा विरोध कार्यक्रम गरिएको महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले जनाएको छ ।

विरोध कार्यक्रम अन्तर्गत महिला अधिकारसम्बन्धी विभिन्न संघसंस्थाले सिंहदरबार दक्षिण गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>