रमझमबिहीबार, पौष १२, २०६९
‘सुनगाभा’ धरानमा
अन्तर्राष्ट्यि फिल्म महोत्सवहरुमा पनि छनौटमा परिसकेको सुनगाभालाई सुवर्ण थापाले निर्देशन गरेका छन् । नेपाली चलचित्र बोर्डले पिजी सर्टिफिकेट प्रदान गरेको सुनगाभामा दुइ नारीबीचको प्रेमकथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको निर्देशक थापाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले चलचित्रमा निशा अधिकारी र दिया मास्केले भिन्न भिन्न चरित्रमा प्रस्तुती दिएको बताए । दियाले नेवारी युवतिको भूमिका निर्वाह गरेकी छिन् भने निशा आर्यन युवतिको भूमिकामा पर्दामा देखिएकी छिन् ।
नेपाली समाजमा समलिंगीहरुमा देखिएको समस्या र पीडालाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक थापाले बताए । उनले च्यारिटी सोबाट संकलित रकम शक्ति महिला समूहलाई प्रदान गरिने बताए । धरानका युवा विमल राई र डेनी लिम्बूले संयोजनमा हुन लागेको च्यारिटी सोको प्रवद्र्धन गर्न चलचित्रकी प्रमुख पात्र दिया मास्के पनि आएकी थिइन् । ‘समलिंगीको चरित्रमा उभिदा एकदमै सकस भएको थियो, उनले सम्मेलनमा भनिन् ‘तर, जव समलिंगीहरुसँगको सहकार्य गरी अभिनय गरियो त्यसपछि सहज भएको थियो ।, फिल्म आगामी पुष २० बाट देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ ।
-सोहन श्रेष्ठ, धरान