थप समाचारशुक्रबार, पौष १३, २०६९

बेनजीरको पाँचौ वार्षिकी र बिलावल

हिमालखबर

बेनजीर भुट्टो (२१ जुन १९५३ – २७ डिसेम्बर २००७)

पाकिस्तानको रावलपिंडीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा २७ डिसेम्बर २००७ मा गोली र विष्फोटबाट उनको हत्या भएको थियो । उनी पाकिस्तानको अहिले सम्मकै पहिलो महिला प्रधानमन्त्री हुन् । भुट्टोको पाँचौ वार्षिकीका अवसरमा हजारौंको संख्यामा पाकिस्तान पिपुल्स पार्टीका समर्थक भुट्टोको पुर्ख्र्यौली घरमा जम्मा भए भने देशभर पार्टीले सभाहरुको आयोजना गर्‍यो ।

सभालाई उनका छोरा बिलावल भुट्टोको शक्ति प्रदर्शनका रुपमा पनि हेरिएको छ । २४ वर्षे बिलावलले पहिलो पटक ठूलो सभालाई संबोधन गर्दै भने, “देशमा लोकतन्त्र कायम गर्नका लागि बेनजीरले आफ्नो जीवन बली चढाइन् ।”  बिलावलले आफू अहिलेसम्म न्यायको प्रतिक्षा रहेको बताएका थिए । बेनजीरको निधनपछि उनका छोरा बिलावल भुट्टो पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष छन् भने उनका बाबु असिफ अली जरदारी (हालका राष्ट्रपति) सह–अध्यक्ष छन् ।

बिलावल भुट्टो: विरासत थाम्ने प्रयास

पार्टी अध्यक्ष भए पनि कम उमेरका कारण राजनीतिमा उती सक्रिय नदेखिएका बिलावल अब भने सक्रिय हुन खोज्दै छन्  । २४ वर्षका पुगेका बिलावललाई  निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पुगेको हुनुपर्ने कानूनी ब्यवस्थाले पनि अप्ठ्यारो पारेको हो  । अक्सफोर्ड विश्वविद्यालयका स्नातक बिलावल आगामी निर्वाचनमा पार्टीभित्र मात्रै होइन पाकिस्तानकै राजनीतिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने त्यहाँका विश्लेषकहरु बताउँछन् ।

पाकिस्तानको राजनीतिमा शुरुदेखि नै भुट्टो परिवारको प्रभाव रहँदै आएको छ । बेनजीरका बाबु पूर्व राष्ट्रपति जुल्फीकर अली भुट्टोले पीपीपीको गठन गरेका थिए जस्लाई तत्कालिन सैनिक शासक जिया उल हकको शासनकालमा फाँसी दिइएका थियो । बेनजीर आफैं पनि दुई पटक पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन् । अब बिलावलले राजनीतिको पुख्र्यौली बिंडो थाम्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>