थप समाचारशुक्रबार, पौष १३, २०६९
आज उधौली मनाइँदै
यो पर्वलाई साकेवा, साकन्वा, चासोक, तोषी पनि भन्ने चलन छ । अन्न उब्जाई मानव समुदायलाई कल्याण गरेको र आफ्नो सन्तानको रक्षा गरेकोमा पुर्खाप्रति कृतज्ञता प्रकट गर्न यो पनि यो पर्व मनाइन्छ । किराँता समुदायले बैशाखे पूर्णिमामा उभौली र मंसीरे पूर्णिमामा उधौली मनाउने गर्छन् ।
उधौली पर्वका अवसरमा राष्ट्रपति डा रामवरण यादवले शुभकामना व्यक्त गरेका छन् ।
योमरी पुन्ही पनि आजै
नेवार समुदायले आज योमरी पर्व मनाउँदैछन् । बिहानै योमरी र ल्होंचारी पकाएर नयाँ धानले भरिएको भकारीमा पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।
चामलको पीठो तातो पानीमा मुछेर बनाइएको डल्लोमा तिल मिसाइएको चाकुको झोल राखेर वाफमा पकाएको परिकारलाई योमरी भनिन्छ । यो पर्वमा सम्पन्नताको प्रतीक धानेश्वर देवताका रुपमा स्थापना गरिएको योमरीले भरिएको पाथीलाई पुजा अर्चना गरी प्रसादका रुपमा खाइन्छ ।
त्यस्तै नेवार समुदायकै ज्यापु जातिले आज विभिन्न कार्यक्रम गरेर ज्यापु दिवस पनि मनाउँदै छन् ।