थप समाचारशुक्रबार, पौष १३, २०६९
प्रम निवास अगाडि प्रदर्शन
विदेशबाट फर्किएकी महिलामाथि सुरक्षाकर्मीद्वारा भएको बलात्कार र अध्यागमनका कर्मचारीले पैसा लुटेको, केही दिन यता महिलालाई जलाएर हत्या गर्ने प्रबृत्ति बढेको र राज्यमा दण्डहिनता मौलाउँदै गएको भन्दै इन्टरनेट सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको समूहको सक्रियतामा १३ पुस बिहान प्रदर्शन भएको हो ।
शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले बलपूर्वक प्रधानमन्त्री निवास अगाडिबाट हटाएपछि उनीहरुले राष्ट्रबैंक अगाडी प्रदर्शन गरेका छन् ।
सिएनएन हिरो पुष्पा बस्नेतलगायत संलग्न उक्त प्रदर्शनमा महिला हिंसाविरुद्धका नारा अंकित प्ले कार्ड बोकेका नागरिकहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर प्रहरीले ज्ञापनपत्र समेत बुझाउन नदिई उनीहरुलाई त्यहाँबाट हटाएको थियो ।
-राधिका श्रेष्ठ (प्रशीक्षार्थी)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
