थप समाचारशुक्रबार, पौष १३, २०६९

संगठनभित्रको भ्रष्टाचार हटाउँदै छु: प्रहरी प्रमुख राना

हिमालखबर

१३ पुसमा गृह जिल्ला पाल्पा आएका महानिरीक्षक रानाले पत्रकार भेटघाट कार्यक्रममा दण्डहिनताको अन्त्य गर्दै आफ्नो जिम्मेवारीलाई निर्वाह मातहतका सबै प्रहरीलाई निर्देशन दिएको बताए । उनले निष्पक्ष र पारदर्शी तरिकाबाट संगठन संचालन गर्ने प्रतिबद्धता पनि जनाए । मुलुकको राजनैतिक अन्यौलले शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै उनले चुनौतीलाई प्रहरीले अवसरको रुपमा लिनुपर्नेमा जोड दिए ।

पोखरामा बिहीबार सम्पन्न पश्चिमाञ्चल स्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सकेर पाल्पा आएका प्रहरी महानिरीक्षक रानालाई शुक्रबार पाल्पा उद्योग बाणिज्य संघलगायत विभिन्न संघसंस्थाहरुले सम्मान गरेका थिए । देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...