समाचारशनिबार, जेठ ६, २०६९

सरकार-मुस्लिम वार्ता निश्कर्षहीन

सन्त गाहा मगर

सरकार र राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनबीचको वार्ता निष्कर्षविहीन सकिएको छ । सिँहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा जेठ ६ गते भएको वार्तामा मुस्लिम गठबन्धनका तर्फबाट प्रस्तुत मागका बारेमा शीर्ष तहमा छलफल गर्नुपर्ने अडान मुस्लिम नेताहरुले राखेपछि विना निष्कर्ष सकिएको हो  ।

वार्तामा सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले सरकारी वार्ता टोलीका संयोजक तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको अनुपस्थितिमा सहमति गर्न कठिन हुने भनाइ राखेपछि मुस्लिम नेताहरुले आफूहरुले अबको वार्ता शीर्ष नेतृत्वसँग गर्ने अडान लिएका थिए । मन्त्री पुनले वार्ता सकारात्मकरुपमा अगाडि बढिरहेको र सहमतिका लागि बुँदागतरुपमा माग सम्बोधन गर्दै सहमतिको खाका तयार पारिने र सरकारी वार्ता टोलीका संयोजक सिटौलासहितको अर्को वार्ताबाट सहमति जुट्ने विश्वास व्यक्त गरे  ।

राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका संयोजक तथा सभासद् सदरुल मियाँ हकले वार्ता सहजरुपमा अगाडि बढिरहेको भए पनि त्यसलाई शीर्ष तहमा एकसरो छलफल गर्नुपर्ने महसुस भएकाले अब शीर्ष नेतृत्वसँग छलफल गर्ने जानकारी दिए । वार्तामा मुस्लिम गठबन्धनले आफ्ना तर्फबाट १० बुँदे माग सरकारी वार्ता टोलीसमक्ष प्रस्तुत गर्दै मुस्लिम समुदायका संवैधानिक मुद्दाहरु नयाँ संविधानमा प्रत्याभूति गराउन आन्दोलनरत् रहेकोले तत्काल माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>