थप समाचारशुक्रबार, पौष १३, २०६९

चिसोले एकै गाउँका ६ जनाको मृत्यु

हिमालखबर

स्थानीयका अनुसार कठ्यांग्रिएर इटारीप्रसाही– ४ की ७० वर्षीया सानोदेवी महरा, वडा नम्बर ६ की ६७ वर्षीया फेकनी मण्डल र ७२ वर्षीया लक्ष्मीदेवी मण्डल, वडा नम्बर ९ की ६० वर्षीया मिथिला मण्डल र ७० वर्षीया कैलीदेवी मण्डलको मृत्युभएको हो । त्यस्तै इटारीप्रसाही– ४ कै आठ वर्षीया बालिका ममताकुमारी महराको पनि चिसोले मृत्युभएको छ ।

न्यानो कपडाको अभावमा दलित बालबालिका र महिलाको ज्यान जाने गरेको स्थानीय सुमित्रा मण्डलले बताइन् । चिसो अत्यधिक बढेको र आर्थिक अभावका कारण न्यानो कपडा किनेर लगाउन नसकेका दलित वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित बनेको स्थानीय बताउँछन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...