थप समाचारशुक्रबार, पौष १३, २०६९

जेठ दोस्रो सातामा निर्वाचन: अर्थमन्त्री पुन

हिमालखबर

१३ पुसमा संखुभासभाको याफु आएका अर्थमन्त्री पुनले जेठको दोस्रो सातासम्म निर्वाचन गर्ने गरी दलहरुबीच सहमति हुन लागेको दाबी गरे । उनले दलहरुबीच विवादित विषयमा प्याकेजमै सहमतिका लागि प्रयत्न भईरहेको भन्दै जेठको दोस्रो सातामा संविधानसभाको निर्वाचनका लागि दलहरु सहमतिको नजिक पुगेको बताए । केही दिन यता दलहरुबीच दूरी वढेको तर, सम्पूर्ण विवाद एकदुई दिनमै टुंग्याएर सहमति गरिने पुनको भनाई थियो ।

उनले संक्रमणकालको अन्त्य चाँडै गर्नुपर्ने भन्दै अहिले अग्रगामी परिवर्तन चाहने र यथास्थिति चाहने शक्तिहरुबीच ठूलो संघर्ष भइरहेको भन्न पनि छुटाएनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...