Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चीनद्वारा ग्लोबल पोजिस्निङ स्याटलाइट प्रणाली आरम्भ - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष १३, २०६९

चीनद्वारा ग्लोबल पोजिस्निङ स्याटलाइट प्रणाली आरम्भ

हिमालखबर

चीनले एसिया प्रशान्त क्षेत्रमा आफ्नै घरेलु स्याटलाइट नेभिगेसन सञ्जाल स्थापना गरेको छ ।

बेइदु नाम गरेको यस प्रणालीले १३ पुस देखि आफ्नो सेवा उपलब्ध गराउन थालेको छ र यसले सन् २०२० सम्म विश्वभर यस्तो सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

चाइना स्याटेलाइट नेभिगेसन अफिसका रन गेङकीले यस प्रणालीले अमेरिकी ग्लोबल पोजिस्निङ सिस्टमले जस्तै कार्य गर्नसक्ने बताए । यो चीनको अन्तरिक्ष प्रविधिमा पछिल्लो उपलब्धि हो र उसले यस दशकको अन्त्यसम्म अन्तरिक्ष केन्द्र स्थापना गर्ने र चन्द्रमामा मानवसहित अभियान पठाउने लक्ष्य राखेको छ ।

चीनले यो अरबौँ अमेरिकी डलरको कार्यक्रमलाई आफ्नो विश्वव्यापी स्तर, बढ्दो प्राविधिक क्षमता तथा कुनै बखत गरिब मुलुकलाई स्रोत उपलब्ध गराउने प्रमुख एक साधनको रूपमा लिएको छ ।

बेइदु प्रणालीमा १६ वटा सञ्चालन गर्न सकिने स्याटेलाइट छन् र अन्य चार परीक्षणमा रहेका स्याटलाइट रहेका छन् । बेइदुले चीन तथा छिमेकी मुलुकमा सीमित पोजिसनिङ सेवा दिएपछि यो व्यापारिक रूपमा अगाडि आएको हो ।

चीनले अमेरिकी जीपीएस प्रणालीमा भरनगर्न सन् २००० देखि यो प्रणाली निर्माण गर्न थालेको हो । यस संस्थाका प्रणाली इन्जिनियर सन जियादोङले बेइदुले राम्रोसँग काम गर्न थालेपछि यसले चीनमा अमेरिकी जीपीएसको ९५ प्रतिशत बजार प्राप्त गर्ने बताए । एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>