Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘अधिनायकवाद लाद्न संविधान सभा भंग गराइयो’ - Himalkhabar.com

थप समाचारशनिबार, पौष १४, २०६९

‘अधिनायकवाद लाद्न संविधान सभा भंग गराइयो’

सञ्जीव शर्मा

जेठ १४ गते संबिधान सभा भंग हुनुअघि विपक्षी दलहरुले सर्वोच्च अदालतको आदेश अनुसार विकल्पको व्यवस्थाका लागि बारम्बार आग्रह गर्दा पनि एकलौटी रुपमा वर्तमान सरकारले निर्वाचनको घोषणा गरेको उनले बताए । सत्ता कब्जा गरी अधिनायकवाद लाद्ने उद्देश्यले वर्तमान सरकारले हुनै निर्वाचनको घोषणा गरेको उनको भनाई थियो ।

नेपाल शिक्षक संघको सातौं जिल्ला अधिबेशनको उद्घाटन गर्न पाँचथर सदरमुकाम फिदिम आइपुगेका केसीले १४ पुसमा पत्रकार सम्मेलनमा बोल्दै एमाओबादीले २०६४ सालमा सम्पन्न संबिधान सभाको निर्बाचन पछि २ पल्ट सरकारकोे जिम्मेवारी सम्हाल्नुका साथै स्रंबिधान सभामा सबैभन्दा ठूलो दलका रुपमा रहेर पनि गैरजिम्मेवारी काम गरेकाले मुलुक अहिले जनप्रतिनिधि बिहिन अवस्थामा पुगेको केसीले धारणा राखे ।

एमाओबादी अध्यक्ष पुष्पकमल दाहालले पटक पटक कांग्रेसलाई प्रधानमन्त्रीको नाम दिन आग्रह गरेपछि आफुहरुले पार्टी सभापतिको नाम सर्बसम्मत निर्णय गरेको पनि केसीले स्पष्ट पारे । नाम सिफारिस पछि पुनः भट्टराई नेतृत्वको सरकारमा एकदिन भएपनि सामेल हुन आग्रह गर्दै उनले अर्को नाटकको शृंखला शुरु गरेको बताए ।

नेपाली कांग्रेसका लागि सत्ता कुनै नौलो कुरा नभएको र सत्ता टाढा पनि नभएकाले कसैसँग हार गुहार गरेर प्रधानमन्त्री नबन्ने भन्दै केसीले कांग्रेसको नेतृत्व बाहेक अरु कसैले निष्पक्ष निर्बाचन र मुलुकलाई निकास दिन नसक्ने भएकाले अबको सरकारमा कांग्रेस बाहेक कुनै पनि दलको नेतृत्व हुन नसक्ने अडान प्रस्तुत गरेका थिए । लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>