थप समाचारशनिबार, पौष १४, २०६९

बाघले मार्‍यो, भालुले घाईते बनायो

हिमालखबर

८ पुसमा कावासोतीको एक विद्यालयमा पसेको बाघ नियन्त्रणमा लिईंदै ।

नारायणी नदीमा माछा मार्दै गरेको अबस्थामा चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणमा परी रजहर –२ का ६५ बर्षीय ‘बिखाराम’ भन्ने सीताराम बोटेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जभित्र खरखडाई (घाँस, दाउरा, खर काट्न) मा जाँदा भालुको आक्रमणमा परेर चार जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अबस्था गम्भीर भएको मध्यबिन्दु अस्पताल डण्डाले जनाएको छ ।

घाईतेहरुमा अग्यौली –४ की टिकाकुमारी कार्की, कुमारवर्ती– ७ की रुक्मीना लामिछाने, हरिकला अधिकारी र जेदुनाथ पाण्डे रहेका छन् । उनीहरुलाई स्थानीयबासीले जंगलबाट उद्धार गरी अस्पताल ल्याएका थिए । भालुको आक्रमणमा परी गम्भीर घाईते भएकी टिकाकुमारी कार्की र रुक्मीना लामिछानेको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

पुस, माघ र फागुनमा खरखडाई खुल्ने हुदा निकुञ्ज क्षेत्रमा मान्छेको चहलपहल बढ्ने गर्दछ भने सोही बेला जंगली जनावरहरु आहाराका लागि बस्ती भएको ठाउँमा प्रबेश गर्छन् । केही दिन अगाडि कावासोतीको एक नीजि स्कुलमा बाघ पसेको थियो । विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>