रमझमशनिबार, पौष १४, २०६९

मण्डला थिएटरमा अब नियमित नाटक

हिमालखबर

कर्णाली क्षेत्रको प्रचलित लोक कथामा आधारित नाटक सुनकेशरी । तस्बीरहरु:ऋषिराम कट्टेल/हिमालखबर

नाटक सुनकेशरीमा सरिता गिरी र निश्मा घिमीरे ।

हालै सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर उद्घाटन गरिएको सो नाटकघरमा अबदेखि नियमित नाटक मञ्चन हुने मण्डलाका निर्देशक तथा रंगकर्मी राजन खतिवडाले बताए । उनले भने, “शनिबार बाहेक अरु दिन दर्शकले यो नाटक हेर्न पाउनेछन् ।” १४ पुसमा मण्डला स्थापना गर्न सहयोग गर्ने तथा शुभचिन्तकहरुका माझ नाटक सुनकेशरी मञ्चन गर्दै मण्डलाका रंगकर्मीद्वय राजन र दयाहाङ राईले मण्डला स्थापना गर्न सहयोग पुरयाउनेलाई आभार व्यक्त गरे ।

मञ्चित नाटक सुनकेशरी संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका हुन् भने राजन खतिवडाले निर्देशन गरेका हुन् । नाटकमा एउटी सुन्दरीले आफ्नो सुन्दरताका कारण भोग्नुपरेका तीतामीठा घटना तथा अनुभवलाई समेटिएको छ । यो नाटक गत कात्तिकमा बंगलादेशको ढाकामा आयोजित रंगो हर्षे बिंगो वर्षे नामक अन्तर्राष्ट्रिय महोत्सवमा तथा भारतको पश्चिम बंगालस्थित बहरमपुरमा आयोजित देशविदेशेर नाट्य मेलामा मञ्चन गरिएको थियो ।

सिर्जना अधिकारी, उमेश तामाङ, सुलक्षण भारती, सोमनाथ खनाल, बुद्धि तामाङ, विजय बराल, निश्मा घिमिरे, सरिता गिरी, हिरा बिजुली नेपाली लगायतका कलाकारको सशक्त अभिनयले नाटकमा दर्शकलाई मन्त्रमुग्ध बनाउँछ । सुनकेशरीपछि माघ महिनामा अनुप बरालको निर्देशन रहेको काफ्का एक अध्याय नामक नाटक मञ्चन हुनेछ ।

नाटक सुनकेशरीमा अभिनय गर्दै सृजना अधिकारी र अन्य ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>