थप समाचारशनिबार, पौष १४, २०६९
एमाओवादी चुनाव टार्ने खेलमाः कोइराला
१४ पुसमा नेपालगञ्जबाट काठमाडौं जाने क्रममा बुटवलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कोइरालाले एमाओवादीले सहमतिका नाममा विभिन्न बखेडा निकालेर सत्ता लम्ब्याउने र वैशाखमा चुनाव नगराउने षडयन्त्र गरिरहेको आरोप लगाएका हुन् । “एमाओवादी चुनावको पक्षमा छैन, त्यसैले उसले विभिन्न षडयन्त्र गर्दै जनतालाई धोका दिइरहेको छ,” कोइरालाले भने । उनले संविधान सभा पुनःस्थापनाको कुरा फेरि उठाउनु पनि सत्ता लम्बाउने बाहनाकै निरन्तरता भनेका छन् ।
मुलुक, जनता र लोकतन्त्रका लागि एमाओवादी प्रतिबद्ध नभएको भन्दै सहमतिमा नआए एमाओवादी समाप्त भएर जाने कोइरालाले चेतावनीसमेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
