Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
५० प्रतिशत महिला प्रतिनिधित्वको माग - Himalkhabar.com

समाचारशनिबार, जेठ ६, २०६९

५० प्रतिशत महिला प्रतिनिधित्वको माग

सन्त गाहा मगर

व्यवस्थापिका संसदको बैठकमा विभिन्न पार्टीका महिला सभासद्हरुले नयाँ संविधानमा महिलाको समानुपातिक र समावेशीमा गरी ५० प्रतिशत प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् । जेठ ६ गते संसद शुरु हुने वित्तिकै महिलासभासदहरुले उहाँहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने, आमाको नामबाट पनि नागरिकता दिइनुपर्ने भनिएपनि व्यवहारमा लागू नभएका भन्दै विरोध जनाएका हुन ।

यसैगरी शासकीय स्वरुप राज्य पुनःसंरचना र नागरिकतालगायतका विषयमा निर्णय गर्दा लैङ्गिक समानताको सिद्धान्तलाई पालना गरिनुपर्ने र वर्तमान सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने महिला सभासद्हरुका माग छ । सभासद्हरुमा दामा शर्मा, ईश्वरी न्यौपाने, उषाकला राई, वसन्ती झा, रुक्मिणी चौधरी र सावित्री गुरुङ दुराले वैठकमा आफ्नो माग राखेका थिए ।

बैठकमा एमाओवादी सभासद एकराज भण्डारीले संविधान जारी गर्नुअघि शान्ति प्रकि्रया टुङ्ग्याइनुपर्ने आपत्तिजनक अभिव्यक्ति दिने भारतीय कुटनीतिज्ञलाई कारबाही हुनुपर्ने बेपत्ता छानविन विधेयकलाई पारित गरिनुपर्ने उल्लेख गरे । यसैगरी नेपाली काँग्रेसका सभासद् लक्ष्मी परियारले दलित वर्गलाई खस-आर्यमा राख्ने सहमतिप्रति आपत्ति जनाउँदै दलितहरुको आफ्नै छुट्टै पहिचान रहेको धारणा राखिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>