थप समाचारआइतबार, पौष १५, २०६९

‘गृहमन्त्री राजीनामा देऊ’

हिमालखबर

आन्दोलनमा ऐक्यवद्धता जनाउँदै कार्टुनिष्ट राजेश के.सी.

महिला अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको अगुवाईमा भएको उक्त धर्ना एवम् प्रदर्शनमा समाजका विभिन्न तहका नागरिकहरुको सहभागिता छ । उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीले महिलामाथिको बढ्दो हिंसाको जिम्मा लिनुपर्ने भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामाको समेत माग गरेका छन् । त्यस्तै सर्वोच्च अदालतको आदेश अनुसारको ‘फास्ट ट्रयाक कोर्ट’ गठन गर्नुपर्ने लगायतका मागहरु छन् ।

देशभर घटेका महिला हिंसाका घटनाहरुको अविलम्ब स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषिलाई कार्वाही गरिनु पर्ने भन्दै प्रदर्शनकारीहरुले यस्ता जघन्य अपराध दोहोरिन नदिने वातावरण बनाउन पनि माग गरेका छन् ।

धादिङ्की सरस्वती अधिकारी सुवेदीको ३० मंसीरमा भएको रहस्यमय मृत्यु, वर्दियाकी शिवा हासमीको जलाएर भएको हत्या, बाराकी विन्दु ठाकुरको जलाएर हत्या, वैदेशिक रोजगारबाट फर्किएकी भोजपुरकी महिलामाथि भएको लुटपाट र बलात्कार लगायतका घट्नको नैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले माफी माग्दै राजीनामा गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>