थप समाचारआइतबार, पौष १५, २०६९
सरकार चाँडै परिवर्तन हुन्छः पौडेल
१५ पुसमा तनहुँमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति पौडेलले प्रमुख दलहरुबीच सहमतिका लागि भएको अनौपचारिक छलफल सकारात्मक हुँदै गएकाले चाँडै सरकार परिवर्तन हुने बताए । “दलहरुबीच संविधानसभाको चुनावका लागि संविधान संसोधन र सरकारको नेतृत्वका बिषयमा प्याकेजमा सहमति गर्ने बिषयमा करिब करिब सहमति भएको छ,”उनले भने, “हामी चाँडै यही सहमतिको बलमा सरकार फेर्दैछौं ।”
प्रधानमन्त्री बाबुराम भट्टराईले प्याकेजमै गर्ने भनेको सहमति प्रस्ताव सत्ता लम्बाउने झेल मात्रै भएको आरोप लगाउँदै उनले थपे, “बाबुरामको प्रस्ताव चुनाव नगराउनका लािग हो, यसमा हामी झुक्किंदैनौं ।”
संकटबाट निकासका लागि एकमात्र उपाय सहमति र निर्वाचन भएको भन्दै उनले बैशाखमा चुनाव नभए देश बर्बाद हुने धारणा राखेका थिए ।
पवन पौडेल, तनहुँ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
