थप समाचारसोमबार, पौष १६, २०६९

राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै कांग्रेस

हिमालखबर

बिश्वेश्वर प्रसाद कोइराला

वि.सं. २०३३ पुस १६ गते आजकै दिन कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रको लागि ८ वर्ष लामो भारत निर्वासनपछि स्वदेश फर्केको सम्झनामा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

जिल्ला जिल्लामा हुने मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु जिल्ला पुगिसकेको कांग्रेसले जनाएको छ । दिवसको अवसरमा काठमाडौंमा पनि विशेष कार्यक्रम गरिंदैछ । पार्टी कार्यालय सानेपा, विपी संग्रहालय सून्दरीजलमा हुने कार्यक्रममा सभापति सुशील कोइराला सहितका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले सदभाव, असहमति र राजनीतिक द्वन्द्वलाई केन्द्रित गरेर कार्यक्रम गर्न लागेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । यसैबीच कांग्रेस सभापति सुशील कोइरालाले अहिले पनि विपीको मेलमिलापको सान्दर्भिकता उत्तिकै रहेको बताएका छन् । मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कोइरालाले मुलुकका सबै राजनीतिक विचार र दललाई एकताबद्ध बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्नु आफ्नो दलको प्रमुख दायित्व बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>