थप समाचारसोमबार, पौष १६, २०६९
‘भट्टराईको ज्यादती सहन सकिदैन’
दाङको घोराहीमा ‘गणतन्त्र राष्ट्रिय दैनिक’को बार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई १६ पुसमा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री भट्टराइले देशमा ‘कुशासन’ गरिरहेको, निरंकुशता लादेको र एकपछि अर्को जनविरोधि निर्णय गरेको आरोप लगाए । उनले भने, “अब अति भइसक्यो, सहन सकिंदैन वर्तमान सरकारलाई आन्दोलनबाटै सत्ताच्युत गर्नुपर्छ ।”
प्रम भट्टराईले कुनै हालतमा पनि सत्ता छोड्ने स्थिति नदेखिएकाले अब प्रधानमन्त्रीको ज्यादतीबिरुद्ध आन्दोलन थालिने उनले बताए । नेता नेपालले प्रत्यक्षतर्फ २ सय ४० र समानुपातिकतर्फ केही संख्या थपेर नयाँ संविधानसभा एवम् संसदको निर्वाचन जेठ महिनामा गरी देशलाई निकास दिनुपर्ने धारणा राखे । उनले अगाडि भने, “तर, त्यसका लागि राष्ट्रिय सहमतिको सरकार जरुरी छ, एमाले बाबुरामको टाङमुनि छिर्न तयार छैन ।”
अरुका कुरा नमान्ने सरकारको कुरा मान्न आफूहरु पनि बाध्य नहुने भन्दै नेता नेपालले सहमतिको कुरा गर्दा प्रधानमन्त्री भट्टराईले धम्कीको भाषा बोलिरहेको आरोप लगाएका थिए ।
देविका घर्ती मगर, दाङ