थप समाचारसोमबार, पौष १६, २०६९

महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई

हिमालखबर

महाकवि लक्ष्मीप्रसाद देवकोटा

महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत हुने स्रष्टाहरुमा कवितातर्फ रामचन्द्र भट्टराई, निबन्ध समालोचनातर्फ निनु चापागाईं, आख्यान नाटकतर्फ मनु ब्राजाकी, बालसाहित्य लोकसाहित्यतर्फ शान्तदास मानन्धर र साहित्य सेवातर्फ रमेशरञ्जन झा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रधानमन्त्री बाबुराम भट्टराईले १६ पुसमा प्रदान गरे ।

पुरस्कृत स्रष्टा निनु चापागार्इंले लेखकले समाज, जीवन र जगतलाई जानकारी गराउने अभिप्रायले लेख्ने बताउँदै समाजका विकृति, विसङ्गतिलाई हटाएर समाजको नयाँ रूपान्तरणमा पनि योगदान पु¥याउने गरी लेख्ने धारणा राखेका थिए । गत वर्षदेखि आरम्भ गरिएको सो पुरस्कारबाट २०६८ सालमा कालीप्रसाद रिजाल, प्रा डा केशवप्रसाद उपाध्याय, मदनमणि दीक्षित, धर्मराज थापा र रमा शर्मा पुरस्कृत भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>