अर्थ/बजारसोमबार, पौष १६, २०६९
राजस्व २५ प्रतिशतले बृद्धि
चालु आवको मंसिरसम्ममा सरकारले ९७ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा यो ७७ अर्ब ७० करोडमा सीमित थियो ।
राजस्व सरकारले अनुमान गरे अनुसार नै संकलन भएको अर्थसचिव शान्तराज सुवेदीले बताए ।
अर्थ मन्त्रालयका अनुसार, राजस्वतर्फ सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट)बाट सरकारले ५४ अर्ब ७१ करोड रुपैयाँ उठाएको छ । यो अघिल्लो वर्षका तुलनामा १६ दशमलव ५६ प्रतिशत हो । भन्सारबाट २२ अर्ब ८६ करोड, अन्तशुल्कबाट १४ अर्ब १८ करोड, आयकरबाट १३ अर्ब ७७ करोड तथा गैर–करबाट ८ अर्ब ७४ करोड रुपैयाँ उठेको छ । खास गरेर विदेशबाट आयात हुने सामानको मूल्य र परिमाण ह्वात्तै बढेका कारण राजस्वको वृद्धि दर सकारात्मक भएको हो ।
अर्थ मन्त्रालयले १६ पुसमा आयोजना गरेको समिक्षा कार्यक्रममा बोल्दै अर्थ सचिव सुवेदीले राजस्व संकलन लक्ष्यअनुसार भएपनि प्रभावकारी काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
