थप समाचारमंगलबार, पौष १७, २०६९

कांग्रेस गाउँ सभापतिको हत्या

हिमालखबर

गत १३ पुसमा मासु किन्न भनी घर बाट हिंडेका ५३ बर्षीया खत्री १६ पुसमा स्थानीय राम्री खोला नजिक मृत अवस्थामा फेला परेका थिए । नेपाली कांग्रेस रुकुमले राजनीतिक आस्थाका कारण एमाओवादीले अपहरण गरी हत्या गरेको जनाएको छ ।

कांग्रेस रुकुमका सभापति मान बहादुर नेपालीका अनुसार गाबिसमा कांग्रेसको राम्रो पकड बनाएका कविराम माथि यसअघि पनि एमाओवादीद्वारा आक्रमणका प्रयासहरु भएका थिए । १ पुषमा भएको एमाओवादी र कांग्रेसको झडप नै हत्याको मुख्य कारण भएकाले दोषि लाइ तत्काल पक्राउ नगरे कडा आन्दोलनमा जाने नेपालीले चेतावनी दिएका छन् ।झडप भएपछि एमाओवादीको उजुरीका आधारमा प्रहरीले कबिराम सहित तीन जनालाई पक्राउ गरे पनि पछि निर्दोष भन्दै छोडेको थियो ।

घटनाको अनुसन्धानको लागि प्रहरी निरीक्षक ओम कुवरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुकुम बाट अनुसन्धान टोली खटाइएको छ । हत्या वा अन्य के हो भन्ने अनुसन्धान पछि थाहा हुने प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । खत्री लाई भिर बाट खसालेर हत्या गरेको हुन सक्ने परिवारको अनुमान छ ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>