थप समाचारमंगलबार, पौष १७, २०६९
नेता बाँस्तोलाको मस्तिष्कको फेरि शल्यक्रिया
उक्त अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै बास्तोलाका भतिजा तारा बास्तोलाले मस्तिष्कमा जमेको पानी बाहिर निकाल्न शल्यक्रिया थालिएको बताए । यसअघि, १४ पुस साँझ सिलगुडीस्थित न्युरो अस्पतालमा उनको पहिलोपल्ट मस्तिष्कको शल्यक्रिया गरिएको थियो । मस्तिष्कमा जमेको रगत सफा गरिए पनि नेता बाँस्तोला अचेत अवस्थामै लगातार तीन दिनसम्म भेन्टिलेटर रहेका थिए ।
स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि उनलाई १६ पुस राति ९ बजे सिलगुडीबाट एयर एम्बुलेन्समा राखेर मेदान्ता अस्पतालमा पुर्याइएको हो । उनी विराटनगरमा पुस १४ गते बिहान एकाएक बेहोस भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
