थप समाचारमंगलबार, पौष १७, २०६९
मलाला– जुन किशोरी ‘रोल मोडेल’ बनिन्
मलाला युसुफजाई पाकिस्तान र संसारकै तमाम बालिकाहरुका लागि ‘रोल मोडेल’ बनेकी छन् । तर, यो सबका लागि उनले कम्ता संघर्ष गर्नु परेन ।
पाकिस्तानमा बालिका शिक्षाका लागि आवाज उठाउने उनी त्यस बेलादेखि चर्चामा आइन् जब उनले सन् २००९ मा ११ वर्षको हुँदादेखि बीबीसी उर्दू सेवाका लागि डायरी लेख्न शुरु गरिन् । पाकिस्तानको रुढीग्रस्त समाजमा बालिका शिक्षाका लागि उठाएको आवाज चरमपंथी तालिबानहरुलाई सह्य भएन र ९ अक्टोबर २०१२ मा संधै झैं विद्यालयबाट फर्कदै गर्दा उनीमाथि गोली प्रहार भयो ।
मलालाको अहिले बेलायतको अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि लामो समय लाग्ने भएकाले उनका पितालाई त्यहाँ रोजगारीका लागि अनुमति प्रदान गरिएको छ ।
मलाला सन् २०१२ मा विश्वमै चर्चित व्यक्तिहरुमध्येमा पर्ने विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
