रमझममंगलबार, पौष १७, २०६९
फरकधारमा अर्पण
धन्दा, चलचित्रमा अर्पण वैदेशिक रोजगारमा पठाउनेहरुको फन्दा परेका युवा पात्रको भूमिकामा छन् । भारतको किशोर नमित कपुर एक्टिङ स्कूलमा एकवर्षे अभिनय कोर्ष गरेका धन्दा का प्रमुख पात्र र लेखक अर्पण भन्छन्, “धन्दा मेरो करिअरको एउटा माइलस्टोन हुनेमा विश्वस्त छु ।”
सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा अर्पणले उम्दा अभिनय गरेका छन् । यसअघि नेपाली चलचित्र ब्याच नं सिक्टिन मा दमदार खलपात्र देखिएका अर्पणले डेनिस निर्देशक रसमस होल्मस्को छोटो फिल्म सी हर्स मा पनि राम्रो अभिनय गरेका थिए । २०१० को किम्फमा नेपाली पानोरामा अन्तर्गत सर्वोत्कृष्ट भएको सिकसिटी मा उनी प्रमुख भूमिकामै थिए । स्पेनी निर्देशक इसीआर बोर्लिनको अंग्रेजी फिल्म काठमाडौं सङ मा अर्पणले गरेको अभिनय हेरिन बाँकी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>