थप समाचारबुधबार, पौष १८, २०६९
हत्यारालाई कार्वाहीको माग गर्दै रुकुम बन्द
कांग्रेस गाउँ इकाइ सभापति ५३ बर्षीय कविराम खत्रीको अपहरणपश्चात १६ पुसमा हत्या भएको थियो । हत्यामा एमाओवादी कार्याकर्ताहरुको संलग्नता रहेको भन्दै कांग्रेस रुकुमले वन्दको गराएको हो । १३ पुषमा दिउँसो घरबाट निक्लेका खत्री अपहरणमा परेका थिए । अपहरणको चार दिनपछि स्थानीय जंगल नजिक रहेको राम्री खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।
हत्यामा संलग्न एमाओवादी कार्यकर्ताहरुलाई गिरफ्तार गरी कार्वाही गर्नु पर्ने माग गर्दै रुकुम वन्द गरिएको कांग्रेस महासमिति सदस्य खडकबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार वुधवार सम्म हत्यामा संलग्न पक्राउ नभए आन्दोलनका कार्यक्रमहरु थप कडा पारिनेछ ।
स्थानीय प्रशासनले हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले शव वुझेका छैनन् । मृतकको शव पोष्टमार्टम पश्चात जिल्ला अस्पताल रुकुममै राखिएको छ । यसैबीच स्वर्गीय खत्रीको अन्तिम श्रद्धाञ्जलीको लागि आज नेपाली काँग्रेसका नेता रामशरण महत सहितको टोली रुकुम आउँदै छ ।
लक्ष्मण केसी, रुकुम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
