Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फेक अकाउण्ट बनाउनेलाई कारवाही गर - Himalkhabar.com

ब्लगबुधबार, पौष १८, २०६९

फेक अकाउण्ट बनाउनेलाई कारवाही गर

सन्त गाहा मगर

१८ पुस मध्यान्ह प्रधानमन्त्री बाबुराम भट्टराईको भनिएको  ट्विटर @baburamb मा गरिएको ‘इज इट गुड टु स्टेप डाउन’ भन्ने ट्विटबाट हिमालखबर डटकममा ‘के सत्ता छाड्नु ठीक हो ?–प्रम भट्टराई’ शीर्षकको समाचार प्रकाशित भयो । राष्ट्रको कार्यकारी प्रमुखको नाममा रहेको समाजिक सञ्जालको अकाउन्टलाई आधार बनाएर समाचार बनाउने परम्परा नौलो होइन । संसारका लोकतान्त्रिक देशमा यस्तो अभ्यासलाई सामान्य मानिन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि भारतीय प्रधानमन्त्री मनमोहन सिंहका ट्विटरबाट पनि यस्ता धेरै समाचार बनेका छन् ।

हिमालखबर डटकममा प्रकाशित समाचारमा विश्लेषण र विचार दिइएको छैन । अंग्रेजीमा गरिएको ट्विटलाई नेपालीमा जस्ताको तस्तै उल्था गरेर प्रधानमन्त्रीले यस्तो प्रश्न राखेका छन् मात्र भनिएको छ । यसरी समाचार प्रकाशित गर्नु पत्रकारिताको आधारभूत मान्यता र सिद्धान्त विपरीत हुँदै होइन ।

समाचार प्रकाशित भए लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले प्रधानमन्त्री भट्टराईको फेसबुक र ट्विटरमा अकाउन्ट नै नभएको प्रतिक्रिया जनाए । पाण्डेको प्रतिक्रियालाई पनि हिमालखबर डटकमले समाचारको अंग बनाएको छ ।

पाण्डेको फेसबुक प्रतिक्रिया यस्तो छ, “लाग्छ–हिमालखबरले प्रधानमन्त्रीको नक्कली ट्वीटर एकाउन्ट आफै बनाएर आफै त्यहां मनपरि स्टाट्सहरु अपडेट गरेर प्रधानमन्त्रीलाई विवादमा तान्ने गरी प्रोपोगान्डा गर्दै छ । नत्र मैले प्रधानमन्त्रीको कुनै फेसबुक–ट्वीटर एकाउन्ट छैन, त्यो सत्य होइन भन्दा भन्दै जबर्जस्ती त्यो सक्कली हो भनेर सावित गर्ने धन्दामा किन लागेको हो ? असल नियत हुन्थ्यो भने त त्यो प्रमको ट्वीटर हो कि होइन होइन भनेर समाचार बनाउनु अघि एकपटक प्रम सचिवालयमा पक्कै सोधिन्थ्यो । त्यसकारण त्यो प्र.म.को फेक ट्वीटर हिमाल खबरले नै बनाएको हो भन्ने सबै ट्वीटर–फेसबुक प्रयोगकर्ताहरुमाझ शंका उब्जिएको छ ।”

स्वकिय सचिव पाण्डेको भनाईलाई मान्ने हो भने यसरी फेक अकाउन्ट बनाउनु विद्युतीय कारोबर ऐन २०६३ अनुसार दण्डनीय अपराध हो । र फेक अकाउन्ट बनाउनेलाई तुरुन्त कारवाही गर्नुपर्दछ । ऐन कार्यान्वयन गराउने काम सरकारकै हो । इन्टरनेट प्रोटोकल (आइपी) नम्बरमार्फत ट्विटर सञ्चालन गरिएको कम्प्युटर पत्ता लगाउन नसकिने पनि होइन ।

यसअघि तत्कालिन गृहमन्त्री भीम रावलको फेसबुकको नक्कली अकाउण्ट बन्द गराउन प्रहरीले क्यालीफोर्नियास्थित फेसबुकको प्रधानकार्यालयमा पत्राचार गरेको तथा बन्द गराउन सफलता पाएको उदाहरण छ । पाण्डेले भने जस्तै प्रधानमन्त्री भट्टराईको त्यो अकाउण्ट नक्कली हो भने त्यसलाई बन्द गराउन उनले र सरकारले पहल गर्नु पर्छ । तर, त्यो पहल गरेको खबर सार्वजनिक पनि हुनुपर्छ ।

तर पाण्डेको ध्यान त्यसतर्फ भन्दा प्रधानमन्त्रीको ट्विटरबाट समाचार बनाउने सञ्चार गृहतर्फ केन्द्रित भएको देखियो । मुलुकको कार्यकारी प्रमुखको फेक अकाउन्ट बनाउनेलाई कारवाही गर्ने जिम्मेवारी सरकारको होइन ? आफ्नै नाममा फेक अकाउन्ट बनाएर लेख्नेलाई समेत सरकार प्रमुखले कारवाही गर्न सक्दैनन् भने बाँकी नेपाली इन्टरनेट प्रयोगकर्ताले आफू सुरक्षित छु भनेर कसरी मान्ने ? कि सरकारै छैन भनेर चित्त बुझाउने ?
यसकारण अकाउन्ट प्रधानमन्त्रीकै
प्रधानमन्त्री भट्टराईको आधिकारिक वेभसाइट स्वकीय सचिव पाण्डेले नै अपलोड गर्दै आएको कुरा हिमालखबरको समाचारपछि प्रकाशित उनैको फेशबुक प्रतिक्रियामा उल्लेख छ । यसैगरी, हिमालखबर डटकममा समाचार प्रकाशित भएको एक घण्टा नबित्दै अकाउन्ट बन्द गरिएको छ । अकाउण्ट बन्द हुनु तथा  प्रधानमन्त्रीको सचिवालय र हिमालखबर डटकमबीच टेलिफोनमा कुराकानी भइरहेको समय एउटै पर्नु संयोग मात्र पक्कै होइन । त्यो बेलापछि @baburamb खुलेको छैन । तर, यहाँ उल्लेखनीय के छ भने प्रधानमन्त्री भट्टराईको त्यो अकाउण्ट नक्कली हो र बिबादस्पद समाचार आउनासाथ बन्द गरिदियो भने नक्कली अकाउण्ट बनाउने मानिस पक्कै ज्ञानी हुनुपर्छ ।

२३ जुलाई २०११ मा पहिलो ट्विट भएको सो अकाउन्टको सबै २६ वटै ट्विट प्रधानमन्त्रीको गुणगानमा केन्द्रित छन् । ४४३८ जनाले फलो गरेको सो अकाउन्टले भने १७ जनालाई मात्र फलो गरेको छ । ९ मेमा गरिएको ट्विटमा प्रधानमन्त्रीको निजी सचिवालयको सम्पर्क नम्बर ९८४१४९३६८७ र ०१–४२११०९६   दिइएको छ । त्यस बाहेक त्यहाँ विभिन्न मितिमा  प्रधानमन्त्रीको निर्देशन, सम्बोधन र भट्टराईको जीवनी दिइएको छ ।

स्वकीय सचिव पाण्डेले माथि प्रस्तुत गरेको प्रतिक्रिया लगत्तै अर्को प्रतिक्रिया पोष्ट गरे । “यदि प्रमले ट्वीटर चलाएको भए त धेरै पहिले नै प्र.म. सचिवालयले सबैलाई जानकारी गराइसक्ने थियौं । तथ्य के हो भन्दा प्रमले अलिक पहिले प्रम हुनु भन्दा अघि फेसबुक चलाउनु हुन्थ्यो, तर उहां लगायत प्राय धेरै शिर्र्ष नेताहरुको नाममा धेरै नक्कली फेसबुक बन्न लागेपछि प्रमको फेसबुक वन्द गरिएको थियो र उहांको फेसबुक वन्द भएको कुरा बक्तव्य नै जारी गरि सबैलाई जानकारी पनि गराइएको थियो । त्यसपछि न त प्र.म.को कुनै फेसबुक छ न ट्वीटर, सत्यरतथ्य यही नै हो । त्यसपछि प्र.म.का आधिकारिक कुरा प्रधानमन्त्रीको आफ्नै वेभसाइट  www.baburambhattarai.com बाट सार्जजनिक गर्ने गरिएको छ या त मेरो आफ्नै फेसबुकबाट । यो भन्दा वाहेक अन्य कुनै पनि वेभसाइट, फेसबुक र ट्वीटर प्रधानमन्त्रीका नाममा छन् भने ती कुनै पनि प्रधानमन्त्रीको आधिकारिक होइनन् ।”

प्रधानमन्त्रीका स्वकीय सचिव पाण्डेले लगातार आफ्नो स्टाटस फेरिरहनुले उनले नै ट्विटरमा प्रधानमन्त्रीको त्यो सन्देश राखेका हुन् भन्न सकिने प्रसस्त आधार छन् । पाण्डेले फेसबुकमा राखेको दोश्रो स्टाटसमा आफूलाई सम्हालेको देखिन्छ । पहिलो स्टाटसमा उनले हिमालखबर डटकमलाई आक्षेप लगाएका छन् भने पछिल्लोमा आफ्नो भनाई मात्र सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>