रमझमसोमबार, जेठ ८, २०६९
नेपालीपनको खोजी
यात्राले महाकालीपारिका दोधारा र चाँदनी गाउँदेखि पूर्वको पशुपतिनगरसम्म समेटेको छ। यात्रामा नेपालीहरूको पहिचानसँगै देशप्रेम, भाषा, भेषभूषा, संस्कृति लगायतका पाटोसँगै नेपाली हुनुको समानता खोजिएको छ। काठमाडौंमा जन्मेहुर्केका युवाकरले कार्यक्रममै भनेका छन्, नेपालको विशालता बुझन यसको क्षेत्रफल हैन, नेपाली मनको गहिराइ नाप्नुपर्छ। उनका भनाइमा, नेपालभित्रका हजारौं गाउँ-शहर र सयौं जातीय समुदायको बोली, पहिरन, संस्कृति आदिको विविधतामा नेपालीपन छ।
वाई इन्टरप्राइजेजले प्रस्तुत गरेको नेपालीः अ टीभी ब्लग मा १५ जिल्लाका नेपालीहरूको मनोभावना समेटिएको छ। ९ वैशाखबाट शुरू भएको १३ भागको यो यात्रा सिरियलको निर्देशक/सम्पादक छिरिङ छोदेन हुन् भने विकास प्रधान र आलोक तुलाधर छायाँकार। यसैगरी, यसको रिसर्च रविन गिरीले गरेका हुन्। कार्यक्रमको अनलाइन संस्करण युट्युवमा पनि हेर्न सकिन्छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
