थप समाचारबिहीबार, पौष १९, २०६९
महिला हिंसाविरुद्धको प्रदर्शन जारी छ
‘अकुपाई बालुवाटार’ नाम दिइएको बिहान ९ देखि १२ बजेसम्म हुने उक्त प्रदर्शन शुरुमा महिलाअधिकार रक्षक सञ्जालले गरेको भए पनि त्यसमा स्वतस्फूर्त रुपमा विभिन्न क्षेत्रका युवाहरुको सहभागित बढ्दो छ । विभिन्न क्षेत्र तह र तप्काका व्यक्तिहरु विहान प्लेकार्ड सहित त्यहाँ जम्मा हुन्छन्, हिंसा रोक्न, मुलुकमा बढिरहेको हिंसाको नैतिक जिम्मेवारी लिंदै गृहमन्त्रीले राजीनामा गर्नु पर्ने र प्रधानमन्त्रीले माफी माग्नु पर्ने उनीहरुको माग छ ।
आमा गुमाएका पूर्णीमाया महर्जनका छोरीदेखि अनाम नगरमा रहस्मय हत्या भएकी सरस्वति सुवेदीका बाबुसमेत न्यायको खोजीमा बालुवाटारस्थित राष्ट्र बैंकको गेट अगाडि शान्तिपूर्ण रुपमा भेला हुन्छन्, रुन्छन र आफ्ना गुनासा सुनाउँछन् । उनीहरु न्यायको खोजीमा छन् । प्रधानमन्त्री कार्यालय अगाडि प्रहरीले प्रदर्शन गर्न नदिएपछि उनीहरु नजिकै राष्ट्र बैंक अगाडि सरेका हुन् ।
आँखा नदेख्नेहरु, कान नसुन्नेहरु, शारिरिकरुपले अशक्तहरु, खेलाडीहरु, पत्रकार र नागरिक अभियन्ताहरु, महिला अधिकारकर्मीहरु, बालबालिकाहरुको यो प्रदर्शनले मुलुकमा महिला हिंसा सम्बन्धी भएका कानूनहरुको कार्यान्वयन र विद्यमान कानूनमा सुधारको समेत माग गरेको छ ।
केही समयदेखि जिल्लाजिल्लामा पनि अधिकारकर्मीहरु हिंसाविरुद्ध उत्रिएका छन् । स्थानीय प्रशासन कार्यालय अगाडि, बजार र चोकहरुमा प्रदर्शनहरु भइरहेका छन् ।
तस्बीरहरु:हिमालखबर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
