Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जापानी सम्राटले सम्झिए सुनामी पीडित - Himalkhabar.com

थप समाचारबिहीबार, पौष १९, २०६९

जापानी सम्राटले सम्झिए सुनामी पीडित

हिमालखबर

जापानी सम्राट सम्राट अकिहितो र रानी।

नयाँ वर्षका आवसरमा उनले दिएको एक परम्परागत भाषणका क्रममा ती पीडितप्रति सहानुभुति व्यक्त गरेको जापानी समाचार समिति क्योडोले जनाएको छ । जापानमा सन् २०११ को मार्च महिनामा गएको महाभुकम्प र सुनामीका कारण त्यहाँका कम्तीमा पनि १९ हजार नागरिकको ज्यान गएको वा हराएका थिए ।

सो सुनामीपछि जापानी सम्राटले ती पीडित क्षेत्रको भ्रमण गरेका थिए । बुधबारको नयाँ वर्षको सम्बोधनका क्रममा उनले ती पीडितको अवस्थाप्रति सहानुभुति दिएका हुन् । सो सम्बोधनमा भने, “मलाई यस कुरामा साहस आएको छ कि सो सुनामीपछि त्यस स्थानमा जापानी तथा अन्य देशका पनि कयौँ नागरिकले भ्रमण गरी उनीहरुप्रति सहानुभुति पनि व्यक्त गरेका छन् ।” “साथै ती नागरिकले पीडितलाई दिएको सहयोगको कार्यले पनि हामी जापानीहरुलाई निकै खुशी तुल्याएको छ” उनले बताए ।

जापानी सम्राटको दरबारमा जम्मा भएका करिब ५० हजार नागरिकसँग खुशीयाली साट्दै उनले बुधबार बिहान नयाँ वर्षको शुभकामना भाषण दिएका थिए । ७९ वर्षीय राजा अकिहितोले भनेकाछन् “म ती दुःखमा परेका नागरिकहरुसँगै छु र उनीहरुको खुशी र दुःखको साथी बन्न चाहन्छु”

सो राजदबारको कौसीबाट उनले भाषण दिइरहँदा राजदरबारका परिवार सदस्यका साथै करिब ५० हजार नागरिक दरबार अगाडि उभिएका थिए । सम्राट अकिहितो र रानीले सो सुनामी प्रभावित क्षेत्रमा कयौं पटकसम्म भ्रमण गरी उनीहरुप्रति सहानुभुति प्रकट गरेका थिए ।

जापानको उत्तरपश्चिमी क्षेत्रमा गएको सो सुनामीका कारण जापानको एक आणविक भट्टीमा क्षति पु¥याएको थियो । यसका साथै सो भट्टीबाट रेडियोधर्मी विकीरणहरु चुहिँदा कयौं नागरिक विरामी परेको पाइएको थियो । सो क्षेत्रमा अहिले पनि यसको असर रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>