थप समाचारबिहीबार, पौष १९, २०६९
‘भट्टराईको बहिर्गमन, समस्याको समाधान’
फोरम अध्यक्ष यादवले भट्टराइ नेतृत्वको सरकारको बहिर्गमन नै अहिलेको समस्याको सामाधानको एक मात्र बिकल्प भएको बताउदै अब मुलुकको समस्या समाधानका लागि राष्टपतिले कदम चाल्न ढिलो गर्न नहुने बताए । १९ पुसमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुक र संविधानको संरक्षक भएकाले राष्ट्रपतिले पटक पटक समय थप्नु भन्दा पनि एक कदम अगाडि बढेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, “वर्तमान सरकार सर्वसत्तावादतर्फ अग्रसर भइरहेको छ, यसलाई रोक्नु राष्ट्रपतिको पनि जिम्मेदारी हो ।”
अध्यक्ष यादवले सहमतीय सरकारका लागि राष्ट्रपतिले पटक पटक समय दिए पनि एकीकृत माओवादीका कारण सहमति बन्न नसकेको भन्दै वर्तमान सरकारलाई इतिहासकै सबै भन्दा भ्रष्ट सरकार भएको आरोप लगाए । एमाओवादीले निर्वाचन नचाहेको आफ्नो विश्लेषण सुनाउँदै उनले जेठ महिनामा पनि निर्वाचन हुन नसके मुलुक थप अराजकतातर्फ धकेलिने बताएका थिए ।
अली असगर, वीरगञ्ज