थप समाचारबिहीबार, पौष १९, २०६९

जापानमा चन्दा उठाएर ज्यान बाँच्यो

हिमालखबर

सुत्केरी व्यथाले छटपटाए पनि आर्थिक अभावमा उपचार गर्न नसकेकी वामी गाविस– ७ निवासी चिन्तामणि खरेलकी श्रीमती मोती खरेललाई जापानबाट सहयोग पठाए उपचार गरिएको हो । सदरमुकाम तम्घासको सरकारी अस्पतालमा निःशुल्क प्रसुति सेवा पाइन्छ भत्रे थाहा हुँदाहुँदै पनि आवातजावत खर्चका लागि ऋण पाउन नसकेर अस्पताल पुर्‍याउन नसकेकोले पेटमा बच्चा तेर्सो परेर आपतकालीन अवस्था आएपछि जापानमा बस्ने गाउँलेसँग गुहार मागी चन्दा उठाएर उपचार गरेको चिन्तामणिले बताए ।

मोतिको ज्यानै जाने अवस्था सिर्जना भएपछि जापानमा रहेका वामी– ७ ठुलाखर्क निवासी कृष्णप्रसाद खरेल र हरिप्रसाद खराललाई फोन गरी पैसा पठाइदिन्छौँ भनेपछि उपचार गर्न लुम्बिनी मेडिकल कलेज, पाल्पा लगिएको उनले बताए ।

उपचार गरेर उनकी श्रीमतीको ज्यान बँच्यो, तर सन्तान बचाउन सकिएन’ खरेलले भने । खरेल बन्धुले जापानका २४ जना नेपालीसँग चन्दा सङ्कलन गरी उक्त रकम पठाएको स्थानीयवासी रामकृष्ण कँडेलले जानकारी दिए ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>