समाचारसोमबार, जेठ ८, २०६९

मन्त्रिपरिषद वैठक स्थगित

हिमालखबर

तेस्रो पटक मन्त्रिमण्डल विस्तार भएपछि बस्न लागेको मन्त्रिपरिषदको पहिलो वैठक स्थगित भएको छ । जेठ ८ गते साँझ पाँच बजेका लागि बोलाइएको वैठक स्थगित भएको हो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत शीर्ष नेताहरुको बैठक नयाँबानेश्वरस्थित विशेष समितिको सचिवालयमा जारी रहेकाले बैठक जेठ ९ गते साँझ ५ बजेका लागि सारिएको प्रधानमन्त्रि निकट स्रोतले जनाएको छ ।

नयाँबानेश्वरमा प्रमुख दलहरुको छलफलअन्तर्गत एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा नेपाली काँग्रेस र नेकपा एमाले का नेताहरुबीच अलगअलग द्विपक्षीय छलफल भइरहेको छ ।

नेताहरुबीच यही जेठ २ गते भएको ११ प्रदेश बनाउनेलगायतका सहमतिमा उत्पन्न विवादबारे छलफल भइरहेको छ । द्विपक्षीय छलफल भए पनि चार पक्षबीच संयुक्त बैठक बस्नेछ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>