खेलकुदशुक्रबार, पौष २०, २०६९

विराट गोल्डकपमा सवा तीन लाख

हिमालखबर

पुरस्कार राशी दुई लाखबाट बढाएर तीन लाख २५ हजार रुपैयाँ बनाउँदै ट्रष्टले दोस्रो प्रतियोगिता गर्न लागेको हो । ट्रष्टले २० पुसमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा १२ टीमको सहभागिता रहने जनाएको छ । सचिव श्याम पौडेलका अनुसार, दोस्रो हुनेलाई एक लाख ५० हजार, उत्कृष्ठ खेलाडी र सर्बाधिक गोल गर्नेलाई २५, २५ हजार दिइने छ ।

प्रतियोगितामा हिमालयन शेर्पा, थ्री स्टार, एनआरटी, आरसीटी, मछिन्द्र, नेपाल प्रहरी, त्रिभुवन आर्मी, पूर्वाञ्चल ११, फ्रेण्ड्स क्लव, जाउलाखेल, संकटा क्लवको सहभागिता रहने छ । यस्तै भुटानको थिम्पु ११, सिकिमको सिकिम ११, कलकत्ताका जर्ज टेलिग्राफ, स्टर्न रेलवे, मोहन बगान, इष्ट वंगाल, मोहमडन स्पोर्टीङ क्लव, पटनाको पटना ११ र जम्सेदपुरको टाटा एकेडेमिलाई पनि आमन्त्रण गरिएको ट्रष्टले जनाएको छ ।

दुई लाख दर्शकले हेर्ने अनुमान गरिएको प्रतियोगितामा ३५ लाख ४० हजार खर्च हुने अनुमान गरिएको छ । महेन्द्र गोल्डकप फुटवल ट्रष्टको नाम परिवर्तन गरी गत वर्षबाट विराट गोल्डकप बनाइएको ट्रष्टले यस प्रतियोगिताबाट साढे तीन लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । गत वर्षको फाइनल खेलमा शहिद मैदानमा दर्शक नअटेकाले यस वर्ष बा“सको प्यारापिट बनाएर भएपनि दर्शकलाई सुबिधा दिइने ट्रष्टका अध्यक्ष भीम कु“वरले बताए ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>