थप समाचारशनिबार, पौष २१, २०६९
सम्बन्धमा खल्तीको प्रभाव
आर्थिक समस्याका कारण सम्बन्धहरु विग्रिएको हाम्रो मुलुकको लागि पनि नौलो कुरा त होइन । तर, विकसित मुलुकहरुमा यही समस्याका कारण घरबार विग्रिएको एक अध्ययनले देखाएको छ ।
रिलेट च्यारिटी नामक संस्थाले बेलायतमा गरेका अध्ययन अनुसार त्यहाँ आर्थिक मन्दीका कारण पारिवारिक सम्बन्धहरु भत्कंदै छन् । बेलायतका २ हजार ७ सय ४२ व्यक्तिहरुमाथि गरेको सर्वेक्षणमा ५९ प्रतिशत व्यक्ति नयाँ वर्ष सन् २०१३ मा आर्थिक संभावनाका विषयमा चिन्तित् छन् । सबै भन्दा बढी चिन्ता घरको बिल चुक्ता गर्नेहरुको छ । ३८ प्रतिशतले आर्थिक चिन्ताका कारण परिवारमा झगडा शुरु भएको र तनाव बढेको स्वीकारेका छन् ।
सर्भेक्षण गर्ने संस्था रिलेटका अनुसार पारिवार टुक्रनुले अर्थव्यवस्थामा पुर्याउने नोक्सानका बारेमा देशका नेताहरु गम्भीर हुनु पर्ने अवस्था छ । परिवारहरु टुक्रंदा बेलायती अर्थव्यवस्थालाई ४४ अरब डलरको नोक्सान भएको छ । यद्दपी ९३ प्रंतिशत बेलायतीले अप्ठ्यारो परिस्थितिमा पारिवारिक सम्बन्धको साहरा महत्वपूर्ण हुने बताएका छन् । रिलेटका मुख्य कार्यकारी रुथ सदरल्याण्ड भन्छन, “जब गाह्रो साह्रो अवस्थामा पर्छ , त्यसबेला हामी आफ्ना नजिकका र परिवारको साहरा खोज्छौं, हामीले घरायसी सम्बन्धहरुलाई जोगाइ राख्न मान्छेहरुलाई मद्दत गर्नुपर्छ ।”
बीबीसी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
