थप समाचारशनिबार, पौष २१, २०६९
राष्ट्रपतिद्वारा फेरि म्याद थप (विज्ञप्तिसहित)
अन्तरिम संविधानको धारा ३८ (१) अनुसार पहिलो पटक गत ८ मंसीरमा एक हप्ताको समयसीमा तोकेका राष्ट्रपतिले म्याद थप गरेको यो आठौं पटक हो । राष्ट्रपति कार्यालयले २१ पुसमा विज्ञप्ति जारी गर्दै २५ पुससम्मका लागि समय थप गरिएको जानकारी गराएको छ ।
प्रमुख तीन दल र मधेशी मोर्चाका शीर्ष नेताहरुले आजै बिहान राष्ट्रपतिलाई भेटी पुनः म्याद थपका लागि आग्रह गरेका थिए । राष्ट्रपतिले आफूले बारम्बार म्याद थप गरिरहँदा पनि दहरुले सहमति गर्न नसकेको भन्दै असन्तुष्टि जनाएपछि यस पटक भने पक्कै पनि सहमति हुने दलहरुले जनाएका छन् । दलहरुले बारम्बार ‘पक्कै सहमति गर्छौ’ भने पनि सहमति हुने आधार भने अझै देखा परेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
