Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कर्णेल लामालाई अदालतमा पेश गरिंदै - Himalkhabar.com

थप समाचारशनिबार, पौष २१, २०६९

कर्णेल लामालाई अदालतमा पेश गरिंदै

हिमालखबर

लामा सन् २००५ मे मा गोह्रुसिंगेमा कार्यरत छँदा बन्दीलाई गम्भीर पीडा दिएको भन्ने तेस्रो व्यक्तिको उजुरीका आधारमा पक्राउ गरिएको र उनलाई बेलायती वेस्टमिनिष्टर अदालतमा पेश गरिने त्यहाँको प्रहरीले जनाएको छ । लामामाथि बेलायतको फौजदारी ऐनको दफा १३४ लगाइएको छ । जसले यातनालाई ‘विश्वव्यापी न्यायिक क्षेत्राधिकार’ अपराध भनी ब्याख्या गरेको छ । यो भनेको बेलायतसँग कुनै सरोकार नै नभएका व्यक्तिहरुले पनि अन्य कुनै देशमा यातना दिने अपराध गरेको छ र त्यो व्यक्ति बेलायती भूमीमा भेटियो भने उसले त्यहाँको अदालतको कठघरामा उभिनुपर्छ । यस्तै कानून विभिन्न महासन्धी (जस्तैः जेनेभा महासन्धी)मा हस्ताक्षर गरेका विभिन्न मुलुकहरुमा पनि छ ।

नेपाल सरकारले कर्णेल लामाको पक्राउप्रति आपत्ति जनाउँदै बेलायती सरकारलाई नेपालस्थित बेलायती राजदूतमार्फत विरोध पत्र बुझाइसकेको छ । नेपाल सरकारलाई कुनै जानकारी नै नदिई संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत सैनिकलाई पक्राउ गर्नु विश्वव्यापी न्यायिक क्षेत्राधिकार र नेपालको सार्वभौम सत्ता विरोधी कार्य भएको उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>