थप समाचारशनिबार, पौष २१, २०६९
आन्दोलनका गीत गाउन खनालको आग्रह
राष्ट्रिय जनसांस्कृतिक महासंघको महाधिवेशनलाई २१ पुसमा राजधानीमा
सम्बोधन गर्दै अध्यक्ष खनालले एमाओवादीले कहिले संविधानसभा पुनःस्थापना र कहिले स्वतन्त्र व्यक्तिका नाममा प्रधानमन्त्रीको प्रस्ताव ल्याएर सहमतिलाई बिथोल्ने काम गरिरहेको आरोप लगाए । उनले भने, “सहमति हुन नसकेकाले अब पार्टीले आन्दोलनको तयारी गरिरहेको छ र कलाकारहरुले पनि आन्दोलनका गीतहरु तयार गर्नुहोला ।” एमाओवादीको बोलीको ठेगान नभएको भन्दै उनले थपे, “बिहान एउटा कुरा गर्छ, बेलुकी अर्का कुरा । ऊ अहिले पनि आफ्नो निरङ्कुशता लाद्ने कोसिस गरिरहेको छ ।”
अध्यक्ष खनालले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा संस्थागत गर्न आवश्यक भएको भन्दै महिला हिंसाको विरुद्ध लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उक्त अवसरमा जनसांस्कृतिक पुरस्कारबाट वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मा र ‘धन्दा’ नामक चलचित्रका निर्देशक सुदर्शन थापालाई पुरस्कृत गरिएको थियो ।