रमझमशनिबार, पौष २१, २०६९
टेबल नं. २१, फरक थ्रिलर
परेश रावल, राजिभ खंडेलवाल र टिना देशाईको प्रमुख अभिनय रहेको बलिउड फिल्म ‘टेबल नं. २१’ एउटा फरक थ्रिलरको रुपमा आएको छ । चलनचल्तिका मसला फिल्म हेर्नेहरुलाई भने यो फिल्मले खासै मनोरञ्जन दिनेछैन । आफ्नै शैलीका कारण यो फिल्मले एक सीमित वर्गलाई भने अपील गर्नेछ । अभिजितले लेखेको संवाद दमदार छ ।
खानको भूमिकामा परेश रावलले राम्रो काम गरेका छन् । राजीभ खंडेलवाल पनि विवानको रोलमा जमेका छन् । निर्देशकले उनको भरपुर उपयोग गर्न सकेका छन् । टीना देसाइले पनि सियाको भूमिकामा न्याय गरेकी छन् ।
आदित्य दत्तको निर्देशन राम्रो हुँदा हुँदै पनि कथा केही सुस्त गतिमा अघि बढेको भएको महशुस हुन्छ । फिल्ममा गीत जवरजस्ती थोपेको जस्तो लागे पनि सुन्दा राम्रै छन् । अमर मोहिलेको ब्याकग्राउण्ड स्कोर अझै राम्रो हुने सम्भावना थियो भने फिजीको लोकशन मनमोहक छ ।
फिल्मले शुरुकै दिनमा ५ करोड भारुको व्यापार गरेको बताइएको छ ।