अर्थ/बजारशनिबार, पौष २१, २०६९

नयाँ संरचनामा एम्बासडर होटल

prabhat

राजधानीको पुरानो मध्येको एक तीनतारे होटल एम्बासडर नयाँ आधुनिक संरचना सहित निर्माण हुने भएको छ ।
सडक विस्तारको क्रममा लाजिम्पाटस्थित होटलको भवन भत्किएपछि नयाँ संरचना निर्माण गर्न लागिएको सञ्चालक योगेन्द्र शाक्यले हिमाल खबरलाई बताए । होटलमा रहेका पाहुना तथा कर्मचारीहरुलाई छाउनी स्थित अपार्टमेन्ट होटलमा स्थानान्तरण गरिएको छ । शाक्यले नै निर्माण गरेको २५ कोठे अपार्टमेन्टलाई तत्कालका लागि होटलको रुप दिइएको हो । एम्बासडर होटलमा ४२ कोठा थिए ।

३५ बर्ष भन्दा पुरानो सो होटल २०३४ सालमा सडकसम्बन्धी मापदण्ड बन्नु अगाडि नै निर्माण गरिएको शाक्यले बताए । अब नयाँ निर्माणका क्रममा रु. २५ करोड लगानीमा ५० कोठाको आधुनिक होटल निर्माण हुने भएको छ । सडक नजिकै भएकाले सबै कोठाहरु ‘साउन्ड प्रुफ’ र अत्याधुनिक हुनेछन् ।

“परिवर्तन अवसर पनि हो भन्ने दृष्टिले नयाँ संरचना निर्माणमा लागेका छौं,” शाक्यले भने । सडक विस्तार क्रममा सडक नजिक घर भएका बासिन्दालाई अतिक्रमणकारी भनेकोमा भने उनले गुनासो गरे । “सरकारले व्यक्तिगत जग्गा उचित मुआब्जा दिएर अधिग्रहण गर्न सक्छ” उनको भनाइ छ “तर यहाँ त कानून अनुसार नक्सा पास गरी दशकौंदेखि घर बनाएर बसेका व्यक्तिहरुलाई अतिक्रमणकारीको बिल्ला भिराइ निजी सम्पत्ति माथि मनपरी डोजर लगाउने काम भएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>