समाचारसोमबार, जेठ ८, २०६९
सरकार र जनजातिवीचको वार्ता निश्कर्षहीन
सरकार र आन्दोलनरत् आदिवासी जनजाति संयुक्त संघर्ष समितिवीचको वार्ता विनानिश्कर्ष सकिएको छ । तीन दिने नेपाल बन्दको दोस्रो दिन जेठ ८ गते प्रमुख तीन दलका नेताहरुको उपस्थितिमा भएको वार्ता निश्कर्षहीन भएको हो ।
वार्तामा आन्दोरत् पक्षले पहिचानमा आधारित संघीय प्रदेश बनाउनु पर्ने र खस आर्य समुदायलाई आदिवासी जनजाति बनाउन नहुने लगायतका माग राखेका थिए । पहिचान सहितको संघीय प्रदेश बनाउने विषयमा एनेकपा माओवादीले सहमति जनाए पनि एमाले र काँग्रेस त्यसमा असहमत रहेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । प्रमुख दलहरुवीच नामविनाका ११ प्रदेश बनाउन यसअघि भएको सहमतिबाट एमाओवादी पछाडि हटेको पौडेलको भनाई छ ।
वार्ता सकिएपछि एमाले अध्यक्ष झलनाथ खनालले जेठ ९ गते पनि वार्ता हुने जानकारी दिए । यद्यपि वार्ताको समय र स्थान भने निश्चित भइसकेको छैन ।
यसैवीच नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले जेठ ८ गते साँझ ५ देखि ९ गते विहान पाँच बजेसम्मलाई बन्द खुला गरिएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
