थप समाचारआइतबार, पौष २२, २०६९
मध्यमर्स्याङ्दीको टर्वाईनमा समस्या
परियोजनामा गतबर्ष जडान गरिएका दुई वटै टर्वाईनमा समस्या आए पनि नेपाल विद्युत प्राधिकरणले परियोजनाको एक नम्बर टर्वाईन मात्रै परिवर्तन गरेको थियो । परियोजनाको जलाधार क्षेत्रमा अत्याधिक बालुवा थुप्रिएकाले टर्वाईनमा धक्का पुगेको जनाईएको छ । नेपाल विद्युत प्राधिकरणले टर्वाईनको सामान्य मर्मत गरी काम चलाउँदै आए पनि समस्या समाधान नभएपछि गत बर्ष एक नम्बर टर्वाईन फेरेको थियो । परियोजनाका अनुसार आगामी माघ महिनाको दोस्रो साता देखि टर्वाईन नम्बर दुईको मर्मत शुरु गरिने भएको छ । मर्मतका लागि झण्डै एक महिना लाग्ने परियोजनाका ईन्जिनियर रामु श्रेष्ठले जानकारी दिए । युनिट नम्बर १ मा जडान गरिएको नयाँ टर्वाईन यस बर्ष युनिट २ मा जडान गरेर विद्युत उत्पादन गरिने परियोजनाका प्रमुख रामकुमार यादबले बताए ।
झण्डै दोब्बर समय र लागतमा चार बर्ष अघि निर्माण सम्पन्न भएको परियोजनामा छोटो समयमै एसेसोरिज, पार्टपुर्जा, तथा टर्वाईनमा समस्या देखिन थालेको छ । मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाका प्रमुख यादबले गत बर्ष नै दुई वटै टर्वाईन फेर्नुपर्ने भएपनि लामो समय विद्युत उत्पादन बन्द गर्नुपर्ने भएकाले १ नम्बर टर्वाईन मात्र परिवर्तन गरेको दाबी गरे । टनेलबाट गएको पानीले सिधै टर्वाईनमा हान्ने भएकाले परियोजनाको एसेसरिजमा समस्या उत्पन्न भएको हो । गत बर्ष परियोजनाको ईन्टेल, भल्व, प्रेसर रिलिज पाईप, विकेट गेट, स्पाईरल केसिङ लगायत पावर हाउसमा जडित उपकरण समेत मर्मत गरिएको थियो । बाँध क्षेत्रमा रहेको जलाशयमा अनुमान गरिए भन्दा बढी बालुवा भरिएकाले समस्या पारेको परियोजनाको भनाई छ ।
युवराज श्रेष्ठ, लमजुङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
