रमझमआइतबार, पौष २२, २०६९

पप गायक धिरज भन्छन् ‘समयअनुसार अपडेट भएँ र टिकें’

हिमालखबर

पपगायक धीरज राई

अल्बम बिक्री शून्य भए पनि देश–विदेशका कन्सर्टबाट राम्रो कमाइ भइरहेको छ हो ?
– अहिले स्वदेशमा हुने विभिन्न महोत्सव अनि विदेशमा रहेका नेपालीले गर्ने कार्यक्रम राम्रा कलाकारलाई धेरै फापेको छ । म आफैं पनि वर्षमा एक दर्जन मुलुक पुगिरहेको छु ।

यो पटक युरोपमा कस्तो कमाइ भयो ?
– युरोपका डेनमार्क, बेल्जियम, फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड लगायतका १२ मुलुकमा एकल कन्सर्ट गरेर रु.३० लाख ल्याएँ । कार्यक्रमहरू पनि धेरै राम्रा थिए ।

धेरै पप गायक पलायन भइसके, तपाईं चाहिं केको बलले टिकिरहनुभएको छ ?
– म सोख पूरा गर्नलाई मात्र यो क्षेत्रमा आएको हैन । जस्तोसुकै अवस्थामा पनि यो क्षेत्र छाडिनँ, समयअनुसार अपडेट भएँ, टिकें ।

अहिले पप गायनको क्रेज खस्केको हो ?
– बाहिर भनिए जस्तो धेरै खस्किएको छैन । कार्यक्रमहरूमा पपले नै महŒव पाउँछ ।

केही न केही गरेर चर्चामा आइरहनुहुन्छ, के नयाँ काम गर्दै हुनुहुन्छ ?
– हाम्रो गीत–संगीत अन्तर्राष्ट्रिय जगतमा पनि पुगोस् भन्ने ध्येयले डेस्टिनेसन मार्स प्रोजेक्ट ए नामक अंग्रेजी अल्बम ल्याउँदैछु ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>