खेलकुदसोमबार, जेठ ८, २०६९
आइपीएल: नाइट राइडर्स फाइनलमा
युसुफ पठानले इनिङको अन्त्यमा आक्रामक पारी खेल्दै २१ बलमा अविजित ४० रन बनाए । राम्रो सुरुआत गरेको नाइट राइडर्सका लागि कप्तान गौतम गम्भीरले १६ बलमा ३२ रन बनाउँदै पहिलो विकेटका लागि ब्रेण्डन म्याक्कुलमसँग ४८ रनको साझेदारी गरे । म्याक्कुलमले ३१ र ज्याक कालिसले ३० रन जोडे । त्यसैगरी लक्ष्मी रतन शुक्ला ११ बलमा २३ रन बनाउँदै अविजित रहे । नाइट राइडर्सले अन्तिम चार ओभरमा ५६ रन जोडेको थियो । दिल्लीका उमेश यादव, इरफान पठान र पवन नेगीले समान एक एक विकेट लिए ।
दिल्लीले आक्रामक सुरुआत गर्दै सुरुआती ११ बलमा २४ रन बनाए पनि दोस्रो ओभरको अन्तिम बलमा डेबिड वार्नर र तेस्रो ओभरको पहिलो बलमा कप्तान वीरेन्द्र सेहवागलाई गुमायो । श्रीलंकाली भेट्रान व्याट्सम्यान माहेला जयबद्र्धने (४०) र विकेटकिपर नमन ओझा (२८) ले ५९ रनको साझेदारी गरे पनि पुछारका व्याट्सम्यानले दिल्लीलाई लक्ष्यसम्म पु¥याउन सकेनन् । दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रनमा समेटियो । नाइट राइडर्सका ज्याक कालिस र सुनिल नरिनले समान २–२ विकेट लिए ।