Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साढे तीन अर्ब बढीको चिरुका रौं बरामद - Himalkhabar.com

थप समाचारसोमबार, पौष २३, २०६९

साढे तीन अर्ब बढीको चिरुका रौं बरामद

रासस

दुर्लभ बन्यजन्तु चिरु । फाइल तस्बिरः रासस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोरखा जिल्ला थुमी गाविसका क्योरपानी र सोतीबाट सो रौं बरामद गरेको हो । चारहजार मिटरभन्दा माथिको उचाइमा पाइने चिरु हरिण प्रजातिको दुर्लभ जनावर हो ।

नेपाल, भारत र तिब्बतमा मात्र पाइने लोपोन्मुख जनावर चिरु नेपालमा भने अन्नपूर्ण क्षेत्रमा पाइने राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षण विभागले दाबी गरेको छ । यो जनावरको शरीरबाट प्राप्त हुने ऊनलाई राजा ऊन भन्ने गरिन्छ । झट्ट हेर्दा सुनौलो रङ्ग देखिने यो जनावरको रौं निकै नरम र रेशमी हुन्छ । यो रौंबाट उत्पन्न हुने तापले पक्षीका अन्डा समेत कोरलिने बताइन्छ । चिरुको २०० ग्रामको एउटा सल बनाउनका लागि कम्तीमा चारवटा चिरु आवश्यक पर्छ, जुन सलको मूल्य अन्तर्राष्ट्रिय बजारमा २० हजार अमेरिकी डलरसम्म पर्ने बताइन्छ ।

वन्यजन्तुको अवैध ओसारपसारमा संलग्न तस्कर समूहले खासगरी तिब्बत क्षेत्रमा चिरु मारेर त्यसबाट प्राप्त हुने ऊन नेपालको बाटो हुदै भारत र पाकिस्तानसम्म पुर्‍याउने गर्दैआएको बुझिएको छ । भारत र पाकिस्तानमा सो रौंबाट सल बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने अनुमान गरिएको छ ।

बरामद गरिएको ऊनको परिमाण हेर्दा कम्तीमा सात हजारवटा चिरु मारेर सङ्कलन गरिएको हुनुपर्ने वन मन्त्रालय र नेपाल प्रहरीको दाबी छ । आश्चर्य लाग्दो कुरा के छ भने जङ्गली जनावरको चोरीपैठारीमा संलग्न गिरोहले अन्य जनावरको अवैध व्यापार नेपाल हुँदै चीनतर्फ गर्छन् भने चिरुको रौं तिब्बतबाट नेपाल हुँदै भारत र पाकिस्तान पुर्‍याउँदै आएका प्रमाण फेला परेका छन् ।

ब्युरोका प्रहरी निरीक्षक भोलाकुमार भट्टको नेतृत्वमा खटिएको टोलीले चिरुका करिब २५ किलोग्राम तौल भएका ४६ वटा रौंका पोका गोरखाको दुर्गम गाउँमा भण्डारण गरी राखिएको अवस्थामा बरामद गरी काठमाडौँ ल्याएको हो ।

चिरुको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ पर्नेमा गोरखा, थुमी–८ का पूर्णजङ गुरुङ र केउरुपानीका शर्मिला बराम छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>