रमझमबुधबार, पौष २५, २०६९
चलचित्रकर्मी आन्दोलनमा, विकास बोर्डमा ताला

आन्दोलनका संयोजक नीर शाहले २४ पुसमा रिपोर्टस् क्लबमा बोल्दै मृतप्रायः अवस्थामा रहेको चलचित्र क्षेत्रलाई जिउँदै गाड्न नखोज्न सूचना तथा सञ्चार मन्त्रीलाई आग्रह गरे ।
चलचित्र विकास बोर्डलाई स्वायत्त गर्ने, बोर्ड अध्यक्षसहित अन्य पदाधिकारीमा चलचित्र क्षेत्रकै व्यक्तिलाई नियुक्त गर्ने लगायतका ९ बुँदे माग राखी अनसनमा बसेका चलचत्रिकर्मीलाई माग पूरा गर्ने लिखित सहमति गरेको तीन साता पुग्दा पनि कार्यान्वयन नगरेको भन्दै चलचित्रकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । चलचित्र विकास बोर्ड नेतृत्वविहीन भएको पाँच महिना भईसकेको छ ।
चलचित्रकर्मीहरुले सहमति कार्यन्वयन नभएको भन्दै २५ पुस बिहान १० बजे चलचित्र विकास बोर्डमा तालावन्दी गरेका छन्।
आन्दोलनका संयोजक नीर शाहले २४ पुसमा रिपोर्टस् क्लबमा बोल्दै मृतप्रायः अवस्थामा रहेको चलचित्र क्षेत्रलाई जिउँदै गाड्ने काम नगर्न सञ्चार मन्त्रीलाई आग्रह गरे । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रलाई आफन्तको भर्तिको केन्द्र नबनाउन प्रधानमन्त्री तथा सूचना मन्त्रीलाई आग्रह गरे । आन्दोलन घोषणामा राष्ट्रिय चलचित्र संरक्षण मञ्च संयोजक नीर शाह, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, नेपाल महिला चलचित्रकर्मी संघका अध्यक्ष मौसमी सेन मल्ल, नेपाल चलचित्र नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिन लगायत चलचित्र क्षेत्रसंग सम्वन्धित संघसस्थाहरुको सहभागिता थियो ।
राष्ट्रिय चलचित्र उद्योगका पक्षमा विमल पौडेल, चलचित्र निर्देशक एमएस अग्रज, अभिनेत्री मौसमी मल्ल ४ दिनको आमरण अनशन तोडाउन सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले सहमतिमा तुरुन्तै कार्यन्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका थिए । तर २० दिन बितिसक्दा पनि चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष ल्याउन प्रक्रिया अघि नबढाइनुले आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनका संयोजक नीर शाहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
