थप समाचारबुधबार, पौष २५, २०६९

कसले गराउने निर्वाचन?

हिमालखबर

आयोगमा बाँकी प्रमुख कार्यबाहक आयुक्त दोलखबहादुर गुरुङ र अर्का आयुक्त अयोधिप्रसाद यादवले सेवा अवधिका कारणले २६ पुसदेखि अवकाश पाउने भएपछि आयोग रिक्त भएको हो ।

सेवा निवृत्त हुनुअघि प्रधानमन्त्रीलाई भेट्न पुगेका निर्वाचन आयोगका पदाधीकारीद्वयले दलहरुले तत्कालै निर्वाचनको वातावरण बनाए आयोगले निर्वाचन गराउन सक्ने बताएका छन् । तर त्यसका लागि दलहरुको सहमतिमा आयोगमा पदपुर्ति, विद्यमान कानूनमा संसोधन जरुरी रहेको प्रधानमन्त्रीलाई स्मरण गराएको कार्यबहाक प्रमुख निर्वाचन आयुक्त गुरुङले बताए ।

भेटपछि सञ्चारकमीहरुसग कुरा गर्दै गुरुङले तत्काल आयुक्तहरु नियुक्त गरेर आयोगलाई काम गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिए । अझै पनि दलहरुबीच तत्काल सहमति भए आगामी जेठमा निर्वाचन गराउन सक्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>