थप समाचारबुधबार, पौष २५, २०६९
सन् २०१२ मा चारसय पाँच नेटो सैनिक मारिए
यसैबीच दक्षिणी अफगानिस्तानमा अफगान सैनिकको पोशाकमा आएका एक व्यक्तिले गरेको गोलीप्रहारबाट मङ्गलबार एक नेटो सैनिकको मृत्यु भएको समाचार छ । अफगान राष्ट्रिय सैनिकको पोशाकमा आएका एक व्यक्तिले दक्षिण अफगानिस्तानस्थित नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोबलका एक सदस्यमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सुरक्षा बल (आइएसएएफ) द्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
यसप्रकार सैनिक पोशाकमा आएका व्यक्तिले गरेको आक्रमणबाट सन् २०१२ मामात्र तालिवानीसँग युद्दरत ६० जना नेटोसँग आबद्ध सैनिकको मृत्यु भएको समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा रहेका नेटो सैनिकको नीतिअनुसार सो विस्फोटबाट ज्यान गुमाएका नेटो सैनिकको राष्ट्रियतालगायतको विस्तृत विवरण भने दिइएको छैन ।
अफगानिस्तानमा तालिवानी आतङ्ककारीसँग युद्धरत करिब एक लाख विदेशी सैनिकहरू ५० वटा राष्ट्रबाट सहभागी रहेका छन् । जसमध्ये ६८ हजार सैनिक अमेरिकी रहेको पनि समाचारमा उल्लेख छ ।
त्यसैगरी अफगानिस्तानको दक्षिणी भूभागमा नौ हजार ५०० बेलायती सैनिक रहेका छन् ।
सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा यसअघि नै नेटो गठबन्धन देशहरूले गरिसकेका छन् ।
नेटो सैनिकमाथि हुँदै आएको आक्रमण तालिवानी आतङ्ककारीहरूले नै नियमित रुपमा गर्दै आएको दाबीे समाचारमा उल्लेख छ । अफगानिस्तानको सुरक्षाको विषयमा अमेरिकी राष्ट्रिपतिलगायत उच्चस्तरीय वार्तागर्न अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई मङ्गलबार अमेरिका पुगेकाछन् । रासस/सिन्ह्वा