समाचारमंगलबार, जेठ ९, २०६९

सहमतिमै विवादित विषय टुङ्ग्याउ– एमाओवादी

रासस

एकीकृत नेकपा (माओवादी)ले राज्य पुनः संरचनाको विषयमा अरु दलहरुसँग छलफल गरी सहमतिमै विवादित विषयलाई टुङ्ग्याउने बताएको छ ।
सो पार्टीको अनौपचारिकरुपमा ९ जेठ बिहान बसेको बैठकले राज्य पुनःसंरचनाको विषयमा कसरी सहमति खोज्न सकिन्छ त्यसैका आधारमा अरु राजनीतिक दलहरुसँग कुरा गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पमकल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकमा विभिन्न जातजाति तथा आदिवासीले गरिरहेको सङ्घर्षलाई फिर्ता लिएर वार्ता र सम्वादमार्फत विवादित विषयहरु टुङ्ग्याउनुपर्नेमा जोड दिइएको थियो ।
बैठकमा बहुजातीय आधारमा पहिचान र सामथ्र्यलाई ख्याल गर्दै राज्यको पुनःसंरचना गर्ने विषयमा पार्टीले स्पष्ट अडान लिनुपर्ने र सहमतिकै आधारमा यही जेठ १४ गतेभित्रै जनपक्षीय संविधान जारी गर्नुपर्नेमा जोड दिइएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
छलफलमा सङ्घीयता बिनाको संविधान जारी गर्नुपर्ने भनेर केही पार्टीहरु गैरजिम्मेवाररुपमा प्रस्तुत भएको भन्दै त्यस्तो प्रवृत्तिका विरुद्ध जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>