थप समाचारबिहीबार, पौष २६, २०६९

नेताहरु भन्छन, ‘पुस मासन्तसम्म सहमति’

हिमालखबर

२६ पुस दिउँसो राष्ट्रपति डा रामवरण यादवलाई भेट्न शीतलनिवास पुगेका नेताहरुले पुस मसान्तसम्म सहमतिको सरकार गठन गर्ने भन्दै सहमतिका लागि पछिल्लो पटक आफूहरुले गरेका प्रयासका बारेमा पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसग कुरा गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि राष्ट्रपतिले पुन म्याद थप्नुपर्ने बताए । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक दिएको समयमा पनि दलहरुले सहमति गर्न नसकेका कारण राष्ट्रपतिले सहमतिका लागि नया प्रक्रिया शुरु गर्नुपर्ने बताए । उनले एकीकृत नेकपा माओवादी र वर्तमान सरकारका कारण सहमतीय सरकार गठनका लागि दिएको समय खेर गएकाले निकासका लागि राष्ट्रपतिले नया“ कदम चाल्नुपर्नेमा जोडदिए । एमाले अध्यक्ष झलनाथ खनालले सहमतिका लागि पुस मसान्तसम्म अधिकतम प्रयास गर्ने बताए । उनले भने, “उत्तरायण सकिएर दक्षिणयन लाग्नु अगाडि नै सहमति हुन्छ ।” कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच पुस मसान्तसम्म सहमति जुट्नु आवश्यक रहेको बताए ।

बैठकमा एकीकृत नेकपा माओवादी अध्यक्ष दाहाल, नेता अमिक शेरचन, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता नेपाल र मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदार सहभागी थिए ।

प्रमुख दलका नेताहरुसँगको छलफलपछि २७ पुसमा राष्ट्रपति डा यादवले विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको शीतलनिवास स्रोतले बताएको छ । म्याद थपको शृंखला लगातार चलिरहने र दलहरुबीच सहमति नहुने अवस्था जारी रहेकाले  विपक्षी दलहरु राष्ट्रपतिले यो प्रक्रियालाई अन्त्य गरी नयाँ प्रधानमन्त्रीको घोषणा गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>